अमरगढी सरकार मिडिया मैत्रि हुन्छ ः नगरप्रमुख ओझा


तपेन्द्र विष्ट,डडेल्धुरा
साउन ५ । अमरगढी सरकार पुर्णरुपमा मिडिया मैत्री हुने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रशाद ओझाले बताएका छन् । आफुहरुले गरेका हरेक गतिविधिको सबैलाई जानकारी हसनस पर्ने भन्दै उहाले स्थानिय सरकार मिडिया मैत्रि हुने बताएका छन् । साथै उनले स्थानिय सरकारलाई विकास र समृदी दिसामा केन्द्रीत गर्न पत्रकारको महत्वपुर्ण भुमिका हुने बताएका छन् । 
यस्तै उनले विकास र समृदीको लागि विकास मैत्रि संचार र संचार मैत्रि स्थानिय सरकार अहिलेको आवश्यकता भएको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रशाद ओझाले बताउनु भयो । उनले पत्रकारहरुले खोजमुलक पत्रकापरिता गरि जनप्रतिनिधिलाई सचेत गराउनु पर्ने बताएका छन् । प्रत्येक महिना गरिएका गतिविधिलाई पत्रकार सम्मेलन गरि जानकारी गराईने समेत यनले बताएका छन् ।
यस्तै स्थानिय सरकार मिडिया मैत्रि हुनु पर्नेमा कार्यक्रममा सहभागि पत्रकारले जोड र्दिका छन् । स्थानिय सरकारका हरेक गतिविधि पारदर्शी तवरले मिडियामा आउनु पर्ने पत्रकारहरुले बताए । पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साउदले आमसंचार निति बनाउदा यहाका मिडिया हाउसको आवश्यकता अनुसारको बनाउनु पर्ने र हरेक विकास निर्माणका कार्यको पत्रकारलाई जानकारी हुनु पर्ने बताए । अमरगढी नगरपालिकाले आयोजना गरेको विकास मैत्रि संचार र संचार मैत्रि स्थानिय सरकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साउदले स्थानिय सरकारले गरेका हरेक गतिविधि जनता माझ पुग्नु पर्ने भन्दै स्थानिय सरकार मिडिया मैत्रि हुनु पर्ने बताए । 
कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्टले स्थानिय मिडियालाई सहि तरिकाबाट व्यवस्थापन गर्नु पर्नेमा स्थानिय सरकारको ध्यानाकर्षण गराए । उनले स्वतन्त्र मिडियालाई ध्यानमा राखेर मिडिया माथिको हस्तक्षेपको अन्त्य गर्नु पर्ने बताए । यस्तै पत्रकारको हौसला बढाउन उत्कृष्ठ पत्रकारलाई सम्मानको व्यवस्था गरिनु पर्नेमा पत्रकारहरुले जोड दिएका छन् ।

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा