कृष्णनगर सीमा नाकाबाट दालको तस्करी मौलाउँदै

कपिलवस्तु – पछिल्लो समय कृष्णनगर सीमा नाकाबाट दालको अवैध ओसारपोसारको कारोबार मौलाउन थालेको छ । 

सरकारले नेपालबाट भारततर्फ मुसुरो बाहेक अन्य दालहरु निर्यात गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । तर सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुसँगको मिलोमतोमा प्रतिबन्धित दालको अवैध निर्यात बढेको छ । 

कृष्णनगर बजारबाट सीमा नाका पार गर्दै दैनिक रुपमा भारतीय बजार बढनीमा ठूलो परिमाणमा दाल भारत तर्फ चोरी तस्करी भैरहेको छ । दाल कारोबारमा संलग्न रहेका व्यापारीहरुले नेपाल तर्फबाट २५ देखि ४० किलो सम्मको बोरामा रहेको दाललाई भंसार नगरी कृष्णनगर भंसार कार्यालयसँगै पश्चिम तर्फको सीमा क्षेत्रबाट भारत पठाइरहेका छन् । यसरी दालको अवैध ओसारपोसार गर्न व्यापारीहरुले पुरुषहरुका साथै महिलाहरुलाई पनि ढुवानीकर्ताको रुपमा प्रयोग गरिरहेका छन् । 

नेपालमै अपुग रहेको दाल भारततर्फ निकासी गर्नु गैरकानुनी रहेको प्रमुख अधिकृत पूण्यप्रसाद खड्काले बताउनुभयो । ‘नेपालबाट भारत तर्फ निकासी गर्न मिल्ने मुसुरो दाल मात्र हो’, प्रमुख भंसार अधिकृत खड्काले भन्नु भयो, ‘नेपालमै दालको अभाव भएका कारण सरकारले दाल निकासीमा पूर्ण प्रतिवन्ध लगाएको छ तर मसुरो दाल भने प्रति किलो १ रुपैयाका दरले भंसार गर्न सकिने कानुनी व्यवस्था छ ।’

समाचार संकलनका क्रममा उभिएका सञ्चारकर्मीहरुले दाल ओसारपोसारमा संलग्न रहेका व्यापारीहरुसँग सामान्य नागरिकको ढंगबाट कुरा गर्दा आफूहरुको सेटिङ सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीसंग भएको बताए । 

राज्यले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएको भए पनि सशस्त्र  प्रहरीकै मिलोमतोमा कृष्णनगर सीमा क्षेत्रमा चोरीतस्करी मौलाएको छ ।  Ujyallo online

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको