पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हालै परीक्षण गरिएको आफ्नो क्षेप्यास्त्रले ठूलो परिमाणमा परमाणु हतियार बोक्न सक्ने उत्तर कोरियाको दाबी ।।

उत्तर कोरियाले हालै परीक्षण गरिएको आफ्नो क्षेप्यास्त्रले ठूलो परिमाणमा परमाणु हतियार बोक्न सक्ने दाबी गरेको छ । आइतबार गरिएको सो क्षेप्यास्त्रको परीक्षण सफल भएको जनाउँदै उत्तर कोरियाले यस्तो दाबी गरेको छ । उत्तर कोरियाली सरकारी संचारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र नयाँ प्रकारको रकेटजस्तै हो, जसले परमाणु हतियार बोक्न सक्छ । उक्त क्षेप्यास्त्र दुई हजार किलोमिटरको उचाईसम्म पुगेको बताइएको छ । उक्त क्षेप्यास्त्र जापानको समुद्री क्षेत्रमा खसेको थियो । उत्तर कोरियाले सोमबार जनाएअनुसार परीक्षण गरिएको सो क्षेप्यास्त्रको उद्देश्य ‘नयाँ विकसित ब्यालेस्टिक रकेटको क्षमता मापनका लागि थियो ।
 

पाकिस्तानमा चार आतंककारीलाई फाँसीको सजाय ।।

पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक

इरानको कोइला खानीमा पहिरो जाँदा २१ को मृत्यु, ७० जना घाइते

इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ ।गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन ग्यास

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय ।।

भारतको सर्वोच्च अदालतले सामूहिक बलात्कारका चार अभियुक्तलाई फाँसीको फैसाला सुनाएको छ । सन् २०१२ मा राजधानी दिल्लीमा एउटा विद्यार्थीमाथि भएको

ओबामा केयरको सट्टा ट्रम्पको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा