पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रचण्डले यही साता पदबाट राजीनामा दिने ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्लाई सम्बोधन गरेर राजीनामा दिन लागेको जानकारी गराउनु भएको थियो । स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने जानकारी दिएको राजपाका नेता राजकिशोर यादवले बताउनुभयो । आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसबादी दलका नेताहरुलाई जानकारी गराउनु भएको थियो । दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्न आफूले प्रयास गर्ने प्रधानमन्त्रीले भेटमा बताएको राजपा नेताहरुले जानकारी दिएका छन् । 
 

मुलुक संविधान कार्यान्वयनमा अघि बढेको प्रचण्डको भनाई ।। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा मुलुक अघि बढेको बताउनुभएको छ । राष्ट्रिय

चुनाव पछि संविधान संसोधन नभए आन्दोलन गर्ने यादवको चेतावनी ।। 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन नभए आफूहरु सडकमा जाने चेतावनी दिनुभएको

लमजुङमा एमाले र माओवादी केन्द्रका उम्मेद्वार निर्विरोध ।।

लमजुङका केही स्थान तहमा निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् । चुनावमा

विमलेन्द्र निधिद्वारा राजीनामा फिर्ता, अब जिम्मेवारीमा फर्किने ।।

उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री