‘सुश्री सम्पत्ति’को ‘हुकुम’मा यसरी सजिए कलाकार

पछिल्लो समय सिनेमाको कथासँगै सिनेमाको गीतलाई पनि निकै ध्यानदिने गरिन्छ । 

सिनेमाको प्रचार प्रसारको लागि गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सिनेमाको गीत निर्माणमा निर्माण पक्षले मिहिनेत गर्ने गरेको छ । 

यस्तै मिहिनेत हालै मात्र भाद्र २२ मा प्रदर्शनमाआउने चलचित्र ’सुश्री सम्पति’को गीतको छायांकनमा पनि देखियो । 

सुश्री सम्पत्तिमा समावेश ’हुकुम’ बोलको गीतमा पनि निर्माण पक्षले फरकपन ल्याउने कोशिश गरेको देखिएको छ । 

‘हुकुम’मा पाटन दरबार वरिपरिका दृश्यहरु समेटिएको छ ।

यस गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार पारिएको छ ।

यस गीतमा कलाकार सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने बाहेक झन्डै ८० भन्दा बढी कोरस प्रयोग भएका छन् । 

गम्भीर बिस्टको कोरियोग्राफी रहेको यस गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको छ भने  बिशाल राई र मेलिना राइको आवाज रहेको छ । 

गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरेका छन् तर सिनेमाको छायाकंन भने अर्जुन तिवारीले गरेकाहुन् । 

रङ पत्रकार सुव्रतआचार्यको निर्देशनमा तयार भएको सिनेमामा सलोन बस्नेत, सारा सीपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजारामपौडेल, विशारद बस्नेत, सुनिताश्रेष्ठ ठकुरी, सन्तोष खनाललगायतकाकलाकारहरुको अभिनय रहेकोछ भने अभिनेत्री प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । उज्यालाे

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो