एकर्षको अवधिमा उल्लेख्य काम सम्पन्न ।।


डडेल्धुराको अमरगढी नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न नीतिगत बिषय र शिक्षा क्षेत्रमा उल्लेख्य काम सम्पन्न गरेको जनाएको छ । बिहिबार रेडियो अमरगढी सँगको कुराकानीमा नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले १ वर्षमा नगरपालिकाले शिक्षा र कृषिको क्षेत्रमा सुधार गर्दै आएको बताउनुभएको हो । 
बर्षातको समयमा पनि जिल्लाका ग्रामिण क्षेत्रका सडकहरु सुचारु गर्ने गरी सडक स्तरोन्नतीको कामलाई प्राथमिकतामा राखेकोे नगर प्रमुख ओझाको भनाई छ । साथै युवा वेरोजगारीको समस्यालाई समेत नगरपालिकाले विशेष महत्वका साथ हेरेको बताउदै बिभिन्न तालिम सञ्चालन गरी जनताको जीवनस्तर उकास्ने योजनामा जोड दिएको नगर प्रमुख ओझाले स्पष्ट पार्नुभयो । 
नगरपालिकाले गत आर्थिक वर्ष २०७५÷०७६ मा समेत भौतिक पूर्वाधार निर्माण लगायतका विभिन्न महत्वाकांक्षी योजनाहरुलाई अगाडी सारेको छ । नँया जनप्रतिनिधि र नयाँ संरचनाका कारण एक बर्षको अवधिमा जनताको जनअपेक्षा अनुरुप काम हुन नसकेको स्विकार्नु भएको छ । पहिलो वर्ष अध्ययन र अनुसन्धानमा बितेपनि ५ बर्षको अवधिमा सम्वृद्ध नगरपालिका बनाउने विश्वास व्यक्त गर्नुभयो ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा