मुक्त हलिया पुर्नस्थापना कार्यक्रममा भएको आर्थिक अनियमिताको अख्तियारले अनुसन्धान गर्ने

राम धामी ,डडेल्धुरा, ३ साउन 
मालपोत कार्यालय डडेल्धुरा मार्फत कार्यान्वयन भईरहेको मुक्त हलिया पुर्नस्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । 
मुक्त हलिया पुर्नस्थापना कार्यक्रमका लाभान्वित ब्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ती समाज महासंघ सम्वद्ध ब्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन थालेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भीक छानबिनगरि थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
उनले जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएका ब्यक्तिहरुसँग स्पष्टीकरण मागगरि ठाडो बयान लिएर थप कारवाहीका लागि अख्तियारमा पठाइएको बताए । मुक्त हलियाबाट बिभिन्न वाहनामा २० हजार देखि ५छ हजार रुपैया घुस लिइएको उजुरीमा उल्लेख गरिएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत प्राप्त उजुरी र अन्य सूचनाका आधारमा सो प्रकरणको विस्तृत छानबिन भईरहेको बताए । “विस्तृत अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नका लागि अनुसन्धान अधिकृत तोकि सकेका छौ,” उनले भने, “अनुन्धानमा सबैको सहयोग पाईएमा दोषीहरु उम्किने छैनन् ।” 
अख्तियारले छानबिन शुरु गरे लगत्तै मुक्त हलियाबाट घुस लिएका ब्यक्तिहरुले धमाधम घुस लिएको रकम फिर्ता गरिरहेको र रकम पाई सकेपछि उजुरीकर्ताहरु उजुरी फिर्ता लिन जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन । “मुक्त हलियाका नाममा प्राप्त अनुदान रकममा कमिसन लिएको प्रकरणमा निकै नाटक भईरहेको छ,” प्रमुख जिल्ला अधिकारी जोशीले भने,“घुस खाएको भन्दै किटानी उजुरी गरेका ब्यक्तिहरु उजुरी फिर्ता लिन आग्रहगर्दै पुनः निवदेन दिन थालेका छन ।” उनले उजुरीकर्तानै पछाडी हटन थालेपछि अनुसन्धानमा समस्या उत्पन्न भईरहेको बताए । 
डडेल्धुरा जिल्लामा कुल दुई हजार पाँच सय ५१ जना मुक्त हलिया छन । जसमध्ये एक हजार आठ सय ९५ जना प्रमाणिकरण भइसकेका छन । मुक्त हलिया परिवारलाई जग्गा खरिदका लागि दुई लाख, घर मर्मत सम्भारका लागि एक लाख २५ हजार र घर निर्माणका लागि तीन लाख २५ हजार रुपैया अनुदान उपलब्ध गराईने मालपोत कार्यालय डडेल्धुराले जनाएको छ । 
आर्थिक बर्ष २०७१÷०७२ बाट कार्यान्वयन भईरहेको मुक्त हलिया पुर्नस्थापना कार्यक्रम मार्फत पहिलो बर्षघर निर्माणका लागि २८ जना, घर मर्मत सम्भारका लागि २० जना र जग्गा खरिदका लागि १५ जनाले अनुदान प्राप्त गरेका थिए भने आर्थिक बर्ष २०७२÷०७३ मा जग्गा खरिदका लागि १५ जना, घर निर्माणका लागि ३० जना र घर मर्मतका लागि ४० जनाले अनुदान प्राप्त गरेका थिए । 
यसैगरि आर्थिक बर्ष ०७३÷७४ मा जग्गा खरिदका लागि ६८, घर निर्माणका लागि २३ र घर मर्मतका लागि ७२ जनाले अनुदान प्राप्त गरेका थिए । गत आर्थिक बर्षमा जग्गा खरिदका लागि दुई सय, घर निर्माणका लागि चार सय र घर मर्मतका लागि छ सय जनाले अनुदान प्राप्त गरिसकेका छन । 
अनुदान प्राप्त गरेका मुक्त हलियाहरुले हलियाको सुँचीमा नाम समावेश गरिदिएको भन्दै राष्ट्रिय हलिया मुक्ती समाज महासंघका केहि पदाधिकारी र मालपोत कार्यालय डडेल्धुराका कर्मचारीहरुले कमिसन लिएको भन्दै उजुरी दिएका हुन । हरेक मुक्त हलियाबाट ठुलो रकम कमिसन लिएको बिषयमा मुक्त हलिया समाज महासंघ भित्र तिब्र विवाद छ । 
महासंघका जिल्ला अध्यक्ष तुलाराम शार्की, महासंघकै तर्फबाट नियुक्त सुपरभाईजर मानबहादुर बिक, मालपोत कार्यालयका लेखापाल दिलबहादुर ऐरका नाममा घुस लिएको भन्दै उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसै प्रक्ररणमा पत्रकार करन ताम्राकारले समेत घुस लिएको भन्दै उजुरी परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं. ७ का सचिव पत्रकार ताम्राकारले मुक्त हलियाका नाममा रकम दुरुपयोग गर्ने ब्यक्तिहरुको पर्दाफास हुन थालेपछि पत्रकारलाई मुछ्न झुटा उजुरी दिइएको बताए । 
घर निर्माण र मर्मत कार्यसम्पन्न नगरिकनै कतिपयले अनुदान रकम दुरुपयोग गरेका छन भने जीवनभर कहिले हलो नसमातेका दलित अगुवाहरुले समेत अनुदान रकम दुरुपयोग गरेका छन । “स्थानीय तहबाट सिफारिस गरिए पछि मात्रै भुक्तानी दिने गरेका छौ ।” मालपोत कार्यालय डडेल्धुराका प्रमुख अशोक शार्कीले भने,“घुस लिएको बारेमा दोषी माथी कारवाही हुनुपर्छ ।”
मुक्त हलियाबाट घुस लिएको प्रकरण बारेमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिहीबार सबै सरोकारवालासहित पत्रकार सम्मेलनको आयोजना गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले जिल्ला प्रशासन कार्यालय माथिनै आशंका उत्पन्न भईरहेको दुखेसो पोखे । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित मुक्त हलिया पुर्नस्थापना जिल्ला  समितिको निर्णय अनुसार कार्यक्रम कार्यान्वयन हुने गरेको छ भने राष्ट्रिय मुक्त हलिया समाज महासंघका प्रतिनिधीहरु समेत पुर्नस्थापना समितिका साथै कार्यदलमा रहेका छन । 


 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा