पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारिणी समिति पदाधिकारी विहीन ।।

६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारिणी समिति पदाधिकारी विहीन भएको छ । नेपाल र भारतले पालैपालो ३÷३ वर्षको नेतृत्व गर्ने गर्भनिङ वडी अर्थात कार्यकारिणी समितिमा कार्यकाल सकिएपछि हाल समिति पदाधिकारी विहीन वनेको हो ।
नेपालले नेतृत्व गरेको समितिको तीन वर्षे कार्यकाल हालै सकिएको छ भने भारतले सो समितीमा पदाधिकारी नियुक्त गर्नमा ढिलाई गरिरहेको छ । भारतीय पक्षले नियुक्ती गरेपछि नेपाल त्यसपछि नियुक्त गर्ने पर्खाईमा रहेकोले कार्यकारिणी समिति पदाधिकारी विहीन वन्दा प्रशासनिक वाहेकका सवै कामहरु ठप्प प्रायः भएका हुन । 
पटक पटक विभिन्न वहानाले सुस्ताएको पञ्चेश्वर परियोजनाको लागि वनाईएको दुवै देशका अधिकारी सम्मिलित विज्ञ समुहको पनि वैठक वसाउने तयारी हुँदा हुँदै समितीको समय सिद्धिएको हो । नयाँ नियुक्त भएर समितीले पुर्णता पाएपछि मात्रै विज्ञ समुहको वैठक वसेर दुवै देशका विचमा रहेका असमझदारीका वुँदामा छलफल र वहस भएर निष्कर्षमा पुगिनेछ ।
सन १९५६ देखि सुरुवात थालिएको आयोजनाको डिपिआरको ड्राफ्ट पनि २२ वर्षअघि तयार भएपनि त्यसले अन्तिम रुप लिन सकेको छैन । डिपिआरमाथि दुवै देशका अधिकारीहरुले टिप्पणी गर्दै पाँच सय ७५ वुँदाहरु तयार पारिएको अवस्थामा तीन सय ७३ वुँदामा सहमति भईसकेको छ ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय