डडेल्धुराको अमरगढी नगरपालिकाद्धारा चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरु मध्ये ९५ प्रतिशत योजना सम्पन्न ।।

डडेल्धुराको अमरगढी नगरपालिकाद्धारा चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरु मध्ये हाल सम्म ९५ प्रतिशत योजना सम्पन्न भएका छन । नगरपालिका अन्र्तगत सञ्चालित झण्डै ५ सय साना–ठूला योजनाहरु मध्ये ९५ प्रतिशत योजनाहरु सम्पन्न गरिएको अमरगढी नगरपालिकाले जनाएको छ । 
चालु आर्थीक वर्ष भित्र सम्पुर्ण योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम अन्तिम चरणमा पुगेको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले जानकारी दिनु भएको छ । सडक, खानेपानी, सिचाई लगायतका योजना मध्ये सम्पन्न भएका योजनाहरुको भुक्तानी समेत भइसकेको उँहाको भनाई छ । 
अनुगमनका कारण बिगतका बर्षहरुमा भन्दा यस बर्ष सम्पन्न भएका कामहरुको प्रतिशतमा समेत वृद्धि भएको नगरप्रमुख ओझाको दाबी छ । निर्माणाधिन योजनाहरुको अनुगमनलाई समेत नगरपालिकाले तिव्रता दिएको जनाएको छ । जनप्रतिनिधि आइसके पश्चात विकास निर्माणमा सकारात्मक परिवर्तन आएको आम–नागरिकको बुझाई छ ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय