काठमाडौंका सात ठाउँमा निःशुल्क इन्टरनेटको सुविधा

काठमाडौं - काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक ठाउँमा इन्टरनेट जडान गरिएको छ । इन्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

करीब तीन महिनाअघि महानगरपालिका र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा  निःशुल्क इन्टरनेट जडान गरिएको छ । 

सार्वजनिक ठाउँमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि  कामपाले यस किसिमको व्यवस्था गरेको हो ।  हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले ती ठाउँमा यसअघि जडान गरिएका भन्दा धरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने कामपा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इन्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २००  नागरिकले मात्र इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान महानगरपालिकाले गरेको थियो । प्रयोकर्ताको संख्या वृद्धि भएपछि थप्नुपर्ने देखिएको हो ।  

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात ठाउँमा र पछि नागरिकको आवश्यकता हेरी अरु ठाउँमा पनि राखिने बताउनुभयो ।   यसअघि महानगरपालिकाले  रत्नपार्कबाट यस्तो सुविधा प्रदान गरिसकेको छ ।  

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय