बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु

काठमाडौं - बाढी र पहिरोमा परेर देशका विभिन्न ठाउँमा गरेर सोमबार ११ जनाको ज्यान गएको छ ।

रोल्पामा लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापिरहेकी सुत्केरी कमला विक, उहाँकी १८ दिनकी छोरी आयुसा र छिमेकी १५ वर्षीया चित्रा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो । सोमबार बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्किएर घर पुरेको हो । 

बाँकेमा बाढीमा परी चारजनाको ज्यान गएको छ । बैजनाथ गाउँपालिका ५ गुरुवागाउँका ३५ बर्षिय लोकबहादुर सुनार र ६५ वर्षीय तुलाबहादुर बुढाको ज्यान गएको  ।  यस्तै घर नजिकै आएको बाढीले बगाएर  ४ वर्षका बालक रञ्जित पासीको पनि ज्यान गएको छ । डुडुवा गाउँपालिका २ जाफरपुरवाका राम नारायण यादवकी  ४ वर्षीया छोरी रिमादेवी यादवको  घर नजिकैको खाल्डोमा डुबेर ज्यान गएको हो ।  

पर्साको पर्सागढी नगरपालिका ४ मा बाढीले बगाउँदा एक किशोरीको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । १५ वर्षीया प्रतिमा रामको ज्यान गएको हो भने १५ वर्षीय सुरेन्द्र महतो बेपत्ता हुनुभएको छ ।  बेपत्ता भएकाको  खोजी भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौंको धर्मस्थली महादेव खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ । कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एक जनाको ज्यान गएको छ ।

सिन्धुलीमा पनि बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । Ujyalo online

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय