पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कञ्चनपुरको लक्ष्मी माबिको खेल मैदान निर्माणका लागि विनियोजित रकमको दुरुपयोग ।।

कञ्चनपुरको बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयमा खेल मैदान निर्माणका लागि विनियोजित रकमको दुरुपयोग गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेल मैदान निर्माणको लागि विनियोजन गरेको रकम बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल निर्माणमा खर्च भइरहको हो ।

नियमअनुसार जुन शीर्षकमा विनियोजित रकम सोही शीर्षकमा खर्च गर्नुपर्छ । तर, विद्यालयले २० लाख रकमको दुरुपयोग गरेको छ । गत चैत १९ गतेको उपभोक्ता समितिको बैठकले विद्यालयको पर्खाल, खेल मैदानको गेट, साइकल स्ट्यान्ड बनाउने निर्णय गरेको छ । जिल्ला समन्वय समिति, विद्यालय प्रशासन र उपभोक्ता समितिको मिलोमतोमा रकमको दुरुपयोग भएको स्रोतको दाबी छ । 


खेल मैदानका लागि विनियोजित रकमबाट पर्खाल निर्माण थालिएकोप्रति स्थानीयले विरोध जनाएका छन । उपभोक्ता समितिका अध्यक्ष भानदेव जोशी विद्यालय प्रशासनले पर्खाल बनाउन भनेपछि सोही अनुसार निर्णय गरिएको बताउँछन । जिल्ला समन्यय समिति कञ्चनपुरले नै पर्खाल, विद्यालयको गेट निर्माण र स्टेज बनाउनको लागि स्टीमेट तयार गरेर निर्माण गर्ने आदेश दिएको उनले बताए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका स्थानीय विकास अधिकारी राजेश पौडेल उपभोक्ता समितिले नै पर्खाल बनाउने निर्णय गरेको दाबी गर्छन । विद्यालयकी प्रधानाध्यापक धनेश्वरी भट्टले जिल्ला समन्वय समिति, उपभोक्ता समिति र विद्यालय व्यवस्थापन समिति सबैको सहमतिमा निर्णय गरिएको दावी गरिन । जिल्ला प्राविधिक कार्यालयका सवइन्जिनियर नविनकुमार दुबेले जिल्ला समन्वय समितिको सम्झौता अनुसार आफूले सो योजनाको स्टीमेन्ट तयार पारेको बताए ।

गत चैत्र २९ गतेबाट सुरु भएको निर्माण कार्य आउँदो जेठ २९ गतेसम्म सक्ने सम्झौता भएको छ । सुदूरपश्चिम क्षेत्रमै लक्ष्मी माविलाई हकी खेलका खेलाडी उत्पादन गर्ने प्रमुख स्थल मानिन्छ । लक्ष्मी माविका विद्यार्थी हकी प्रतियोगिताका राष्ट्रिय स्तरसम्म पुगेका छन । तर, विद्यालयमा खेल मैदान र खेल सामग्री नभएको गुनासो गर्ने गरिएको छ ।

विद्यालयमा खेल मैदान निर्माणका लागि आएको रकम अन्यत्रै खर्च हुन थालेपछि खेल क्षेत्रका जानकारले आक्रोश व्यक्त गरेका छन । हकीका प्रशिक्षक किशोरराज ओझाले बागफाँटामा खेलकुद मैदानको आवश्यकता रहे पनि रकम दुरुपयोग भइरहेको बताए । 
 

अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता बिहीबारदेखि

कैलालीको अत्तरीयामा बिहीबारदेखि अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ट्वेण्टी–ट्वेण्टी संरचनामा खेलाइने प्रतियोगितामा ६ टिमले

दोश्रो राष्ट्रब्यापी शारिरीक सुगठन स्थगित ।।

दोश्रो राष्ट्रव्यापी शारिरीक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । बैशाख ३० गते आयोजना गर्ने भनिएको च्याम्पियनसिप स्थानिय चुनाव बैशाख ३१ गते गर्ने

मेस्सी, नेइमार र स्वारेजका कारण बार्सिलोना गएनन् गामेइरो

एथ्लेटिको मड्रिडका स्ट्राइकर केविन गामेइरोले बार्सिलोनामा अनुबन्ध हुने मौकाबाट आफू पछि हटेको बताएका छन् । बार्सिलोनाका फ्रन्ट लाइनका तीन खेलाडी

रुस्लान अत्तरीया कप २०७४ अन्तर्गत आज विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश ।।

कैलालीको अत्तरीयामा जारी देशकै सर्वाधिक धनराशीको राष्ट्रिय महिला रुस्लान अत्तरीया कपमा लगातार दोस्रो जितपछि विभागीय टोली एपिएफ सेमिफाईनलमा प्रवेश