डडेल्धुराको भागेश्वर गाँउपालिकाद्धारा २६ करोड बढी रुपैँया बराबरको बजेट प्रस्तूत ।।


डडेल्धुरा,असार १८ ।
डडेल्धुरा जिल्लाको भागेश्वर गाउपालिकाले आर्थिक वर्ष २०७५÷०७६का लागि २६करोड २५ लाख २९हजार रुपैया वरावरको बजेट अनुमान गरेको जनाएका छन । 
जसमद्ये शशर्त अनुदान तर्फको १३ करोड ४९ लाख रहेको छ भने चालु पुज ितर्फ छ करोड ३५ लाख ३२ हजार रहेको छ भने पुजिगत का लागि ७ करिाड १८ लाख ९८ हजार बिनियोजित गरेको भागेश्र गाउपालिका अध्यक्ष कौशिला कुमारी भट्टले जानकारी गराउनु भयो ।
आर्थिक वर्ष २०७५÷०७६को बजेट निती तथा कार्यक्रममा गाउपालिकाले एक वालक एक फलफुलको वाट कार्यक्रम पनि आगढी वढाउने अध्यक्ष भट्टले जनाएका छन । वच्चा जन्मने वित्तिकै फलफुलको वोट अनिवार्य लगाउनु पर्ने निती लागु गरिने र त्यसका लागि सुत्केरी आमा र परिवारलाई गाउपालिकाले सहयोग गर्ने अध्यक्षको भनाई रहेको छ । जसले यसरी फलफुलको वोट लगाउदा वच्चा सगै. फलफुलको विरुवाले आर्थिक समृद्धि गर्नमा सहयोग पुग्ने उनको भनाई रहेको छ ।
आर्थिक वर्षको बजेटका प्रथमिकताहरुमा कृषी , पशुपालन , गुणस्तिरिय र प्राविधिक शिक्षा ,आधारभुत र आकश्मिक स्वास्थ्य सेवामा जोड दिने जनाएका छन । विपद जोखिम न्युनिकरण र जलवायु परिवर्तन रोकथामका लागि वजेट विनियोजन गरिने गाउपालिकाले जनाएको छ ।
भागेश्वर गाउपालिकाले आज आयोजना गरेको तेस्रो गाउसभामा २०७५÷०७६ को बजेट  निती तथा कार्यक्रमका वारेमा जानकारी गाउपालिका उपाध्यक्ष पदम वोहराले गर्नु भएको हो । 
गाउपालिकाले प्रस्तुतगरेको आउदो आर्थिक वर्षको बजेटमा कृषि , उद्योग , पर्यटन ,जलस्रोत ,वनजगंल, जडिबुटी , जमिन र भौत्तिक पुर्वाधारको विकास र विस्तार गरि गाउपालिकालाई समृद्ध गाउपालिका वनाउने जनाएका छन ।
दलित , अपहेलि , उपेक्षित , जनजाती , महिला , र चरम गरिवीको रेखामुनी ,रहेको गाउपालिकाका वासिन्दालाई सामाजिक र आर्थिक समानता कायम गर्न तर्फ आगामी वर्षको बजेट उन्मुख रहेने २०७५÷०७६को वजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ । समृद्ध र नमुना गाउपालिका वनाउनका लागि आर्थिक असमानता निराकरण गर्ने गाउपालिका अध्यक्ष भट्टले वताउनु भयो ।
एकल , व्यक्तिगत उद्येश्यका विकास निर्माण का कार्यहरु भन्दा सामुहिक र सामाजिक र सबैलाई हितपुग्ने किासका कामहरुलाई पहिलो प्राथमिकतामा राख्ने भागेश्वर गाउपालिकाले जनाएको छ । गाउपालिकाभित्रका गरिव जेहेन्दार र एसईई मा प्रथम हुने ५ जना विधार्थीलाई प्राविधिक शिक्षा पढाउनका लागि छात्रवृतीको समेत व्यवस्था गरेको जनाएका छन
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा