पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली चलचित्र प्रेमगीत २ को कभर गितको विश्वव्यापी प्रतियोगिता हुने ।।

नेपाली चलचित्र प्रेमगीत २ को कभर गितको विश्वव्यापी प्रतियोगिता हुने भएको छ । निर्माण टोलीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त चलचित्रको शीर्षक गीत “कहानी यो प्रेमगीतको” विश्वव्यापी प्रतियोगिता गर्ने जनाइएको हो । प्रतियोगीले गीत गाउँदा जुनसुकै म्युजिक सामग्री, भिडियो रेकर्डर डिभाइस तथा हाइलाइट नेपालको युट्युब च्यानलमा उपलब्ध गीतको म्युजिक डाउनलोड गरेर गीत गाउन सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिले गाएको भिडियो असार २० गतेसम्म युट्युबमा अपलोड गरिसक्नुपर्ने जनाइएको छ । हाइलाइट नेपालको युट्यवमा अपलोड भएको भिडीयो मात्र गणना हुने निर्माण टिमले जनाएको छ । विजेतलाई भाद्र १ गते भव्य कार्यक्रमकाविच सम्मान गरिने छ । विजेता दुइ जनाले समान १ लाख रुपैयाँ हात पार्ने चलचित्रका निर्माता सन्तोष सेनले जानकारी दिनुभयो । यस्तै विजेता दवैले आसुसेन फिल्मसले निर्माण गर्ने आगामी चलचित्रमा गायनका लागि अवसर प्रदान गरिने उहाँले बताउनुभयो । लुकेर बसेका प्रतिभावान व्यक्तिलाई स्थान दिनका लागि यो प्रतियोगिताको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । 
 

४० कटेसी रमाएका नेपाली कलाकार

यहि वैशाख ११ गते कलाकार तथा निर्माता पवन मैनाली दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन् । दोलखाकी लक्ष्मी सिवाकोटीसँग उनले मागी विवाह गरेका हुन् ।

एक छोरीका पिता हुन् पाँडे, ब्युटिसियनसँग भयो प्रेम विवाह ।।

हाँस्य कलाकार अर्जुन घिमिरे उर्फ पाँडे कुशल अभिनयका कारण परिचित छन् । पछिल्लो समय उनी सामाजिक कामका कारण पनि चर्चामा आउँछन् । तर उनको व्यक्तिगत

नक्कली जन्मदिनले जितु हैरान ।।

 कलाकार जितु नेपाललाई सोमबार जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । देश विदेशमा रहेका शुभ चिन्तकले उनलाई फोन र सामाजिक सञ्जालमार्फत शुभकामना

क्यानडा बस्न नसकेर फर्केकी पूजाको नक्कली कपालले गर्‍यो करिअरको सुरुवात ।।

 अभिनेत्री पूजा शर्मा आइतबारदेखि २५ वर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा जन्मेकी उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् । पहिलो