सिचाई सुबिधा नहुदा तरकारी उत्पादनमा कमि ।।


 अषाढ ५, डडेल्धूरा ।।

डडेल्धुरामा तरकारी उत्पादनमा यस बर्ष कमि आएको छ । पर्याप्त सिचाईको सुबिधा नहुनु तथा असिना परे पछि तरकारी उत्पादनमा कमि आएको कृषकको भनाई छ । तरकारी उत्पादनमा यस बर्ष झण्डै ५० प्रतिशतले कमि आएको अमरगढी नगरपालिका १ बन्डमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले बताए । तरकारी खेतीमा गत बर्ष भन्दा यस बर्ष प्रधानमन्त्रि कृषि आधुनिकीकरण लगायत अमरगढी कृषि शाखाले लगानी बढाए पनि सिचाईको पर्याप्त सुबिधा नहुदा उत्पादनमा कमि आएको कृषक टिकेश्वरी देवि ऐरले बताईन । टमाटर लगायतका अन्य तरकारी पैसस्त मात्रामा फलाउन्थ्यौ पानिको समस्या छ, उनले भनिन, ७० कुण्टल भन्दा बढी फल्थ्यो यस बर्ष भने सिचाई अभावका कारण टमाटरमा किरा लगेर थोरै छ । तरकारी उत्पादनमा कमि आए पछि शसहत्रिलिंग ताजा तरकारी उत्पादन महिला समुहका कृषकले स्थानिय सरकर संग सिचाईको माग गरेका छन । 
प्रधानमन्त्रि कृषि आधुनिकिकरणले महलिा समुहलाई ब्लक बनाई तरकारी बिउ अनुदान संगै तरकारी ओसार पोसारका लागी गाडी खरिदमा १४ लाख अनुदान दिएकोे थियो । 


तरकारी संकलन केन्द्रमा कृषक संगको छफफलमा पुगेका अमरगढी नगर प्रमुख विशेश्वरप्रशाख ओझाले कृषि लाई आधुनिकि करण गर्न जरुरी रहेको बताए । कृषिका लागी आधुनिक औजार लगायतका बिउ विजन, मलखाद र सिचाईका लागी योजना ल्याउन अमरगढी सरकार तत्पर रहको बताए ।

 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा