डडेल्धुराका स्थानीय तहमा बजेट बनाउने चाप ।।


असार ५ , डडेल्धूरा ।।
चालू आवको योजना कार्यान्वयन र आगामी आवका लागि बजेट बनाउने चटारोले डडेल्धुराका स्थानीय तहमा जनप्रतिनिधिदेखि कर्मचारीसम्म कामको दबाबमा छन । 
अगामी बर्षको योजना तर्जुमासँगै चालु आर्थिक बर्षका लागि विनियोजित बजेटबाट भएको कामको अनुगमन तथा गुणस्तर परीक्षण गर्नु परेकाले हाल निकै ब्यस्तता बढेको स्थानीय तहमा कार्यरत कर्मचारीहरुका साथै जनप्रतिनिधीहरु बताउछन । चालू आवको योजना कार्यान्वयन र आगामी आवका लागि बजेट बनाउने चटारोले स्थानीय तहमा जनप्रतिनिधिदेखि कर्मचारीसम्म कामको दबाबमा रहेको डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत इश्वरलाल शाक्य बताउछन् । संविधान र कानुनअनुसार असार १० गतेभित्र बजेट ल्याउने दबाबले कार्य ब्यस्तता बढेको उनले जानकारी दिए । 

पहिलो बर्ष जनप्रतिनिधी र कर्मचारीमा पनि अनुभवको अभाव रहेकाले अगामी बर्षमा स्थानीय तहका योजना वैज्ञानिक बन्नुपर्ने परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले बताए । संघीय र प्रदेश सरकारले आगामी आवको बजेटका लागि दिएको सिलिङ र दुवै सरकारमार्फत् बजेटबाट प्राप्त यथार्थ वित्तीय हस्तान्तरणको स्रोतलगायत अन्य स्रोत व्यवस्थापनबाट स्थानीय सरकारको बजेट बन्दैछ । खासगरी सशर्त अनुदान नामक वित्तीय हस्तान्तरणले गत आवमा जस्तै आगामी आवको बजेट निर्माणमा पनि स्थानीय तहमा टाउको दुखाइको विषय बनिरहेको भित्रिमधेस क्षेत्रमै रहेको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए । 

स्थानीय तहले केन्द्र र प्रदेश सरकारको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट, आन्तरिक राजस्व, चालू आवको मौज्दात समेतबाट बजेट बनाउने तयारी गरिरहेको आलिताल गाँ्उपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नरेन्द्रसिँह ठगुन्नाले बताए । गतवर्ष भर्खरै गठन भएका स्थानीय तहले वडागत रूपमा हचुवाको भरमा बजेट विनियोजन गर्दा त्यसको मार अहिले कार्यान्वयनमा देखिएको छ ।
स्थानीय तहबाट बजेट बनाउने सन्दर्भमा अन्योल रहिरहँदा त्यसको सम्बोधन गर्नका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवालयले स्पष्ट पारेको छ । आयोगले स्थानीय तहका वित्तीय स्रोतहरू किटान गरिदिएर सोहीअनुसारको बजेट तर्जुमा गर्न सूचित गरेको छ । संघीय सञ्चित कोषबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, संघीय संचित कोषबाट प्राप्त हुने सशर्त अनुदान, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजस्व बाँडफाँडवापतको रकम, संघीय संचित कोषबाट प्राप्त हुने विशेष अनुदान, संघीय संचित कोषबाट प्राप्त हुने समपूरक अनुदान, संघीय विभाज्य कोषबाट प्राप्त हुने प्राकृतिक स्रोतको रोयल्टी रकम, प्रदेश संचित कोषबाट प्राप्त हुने वित्तीय समपूरक अनुदान, राजस्व बाँडफाँडको रकम, सशर्त अनुदान, विशेष र समपूरक अनुदान, स्थानीय तहको आफ्नै आन्तरिक आय र स्थानीय तहले उठाउने आन्तरिक ऋण तथा संघीय सरकारबाट प्राप्त गर्न सक्ने ऋण स्थानीय तहका वित्तीय स्रोतहरू हुन । 
डडेल्धुराका स्थानीय तह बजेटमा लगानीका क्षेत्र प्राथमिकीकरण गर्दै बजेट तर्जुमा गर्नका लागि जुटेको बताउछन । चालू आर्थिक वर्षको अधिकांश बजेट सडक निर्माणमा खर्चिएका यँहाका स्थानीय तहले आगामी वर्षमा भने आर्थिक सामाजिक विकासका क्षेत्रलाई बजेटको प्राथमिकतामा समेट्ने बताएका छन । परशुराम  नगरपालिकाले आगामी वर्षमा कृषि, पर्यटन विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने जनाएको छ । आर्थिक विकासका अवशरह?सँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको नगरप्रमुख साँउदले बताए । नगरका अधिकांस वडामा सडक पुगेकाले अब सडकसँगै नागरिकको जीवनस्तर सुधार गर्नेतर्फ ध्यान दिइने उनले बताए । उनका अनुसार अहिले वडा, टोलबाट योजना छनोट भएर नगरपालिकामा आउने क्रम जारी छ ।
आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गु?ङले जीवन निर्वाहका रूपमा गरिँदै आएको कृषि तथा पशु पेशालाई आधुनिकीरण र वैज्ञानिकीकरण गरी व्यावसायिक रूपमा व्यवसाय गर्न कृषकलाई प्रोत्साहन गरिने बताए । आलिताल गाँउपालिकाको उच्च पहाडी क्षेत्रमा दुर्लभ जडिबुटी पाइने भएकाले जडिबुटी प्रशोसन केन्द्र स्थापना गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न र गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्न लघु उद्यम, काष्ठ उद्योग, घरेलु तथा साना उद्योग स्थापनामा जोड दिइने उनले बताए ।
बजेट निर्माण गर्दा स्थानीयको मागलाई मध्यनजर गर्दै विद्युतीकरणका कार्यक्रम र शिक्षालाईसँगै लैजाने गन्यापधुरा गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए । साथै स्वास्थ्य, शिक्षा, कृषिलाई पनि क्रमशः प्राथमिकता दिइने उनले जानकारी दिए । अमरगढी नगरपालिकाले अगामी बर्षलाई फलफुल बर्षका ?पमा घोषणा गरिसकेकाले व्यवसायीक तरकारीसँगै फलफूल उत्पादनमा प्राथमिकताका साथ काम गरिने अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । स्थानीयको मागका साथै विशेषगरी शिक्षा, स्वस्थ्य, खानेपानी र सिँचाइ प्राथमिकतामा राखेर वडाबाटै योजना छनोट भईरहेको उनले जानकारी दिए ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा