आलिताल गाउपालिकामा इन्टरनेट सेवा सुरु

डडेल्धुरा,असार ३ । डडेल्धुराको आलिताल गाँउ कार्यपालिकाको कार्यालयमा ईन्टरनेट सेवा सन्चालन भएको छ । सनिबार एक कार्यक्रमका बिच आलिताल गाउँपालिकामा ईन्टरनेट सेवा सुरु गरिएको गाउपालिकाका अध्यक्ष बल बहादुर गुरुङले बताएका छन् ।

यस भन्दा अगाडी कार्यालयमा ईन्टरनेट सेवा नहुँदा मन्त्रालय वा अन्य कुनै कार्यालयमा जानकारी पठाउन वा पठाएको सूचना प्राप्त गर्नमा समेत ढिलाई हुने हुँदा कामकाजमा समस्या हुने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्नाले बताएका छन् ।

ईन्टरनेट सेवा सन्चालन भए पछि अब कार्यालयको कामकाजमा सहज हुने अध्यक्ष गुरुङले बताएका छन् । शिखर नेटको एक बर्षको प्रयास पछि नेट सन्चालन भएको हो । नेट सन्चालन भए पछि स्थानिय हर्शित भएका छन् ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा