प्रदेश ७ सरकारद्धारा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत, पुर्वाधार विकास, कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा ।।


७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा आर्थिक वर्ष २०७५÷०७६ को २५ अर्व ६ करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । आगामी बजेटले पुर्वाधार विकास, कृषि र पर्यटनलाई प्राथमिकता दिएको छ । 
अर्थमन्त्रि बोहोराले संसदमा प्रस्तुत गरेको बजेटमा  संघीयता कार्यान्वयनका लागि कानुनी तथा संस्थागत संरचनाको निर्माण, आवधिक विकास योजना एवं क्षेत्रगत नीति निर्माण, सन्तुलित प्रादेशिक विकास, गरिबी न्यूनीकरण लक्षित कार्यक्रम, कृषिमा आत्मनिर्भरता,    आधारभूत पूर्वाधार विकास, जलश्रोतको बहुआयामिक उपयोग, वैज्ञानिक एवम् प्रगतिशिल कर प्रणाली मार्फत प्रदेशको राजश्व क्षमता अभिवृद्धि, गुणस्तरीय तथा व्यवसायिक शिक्षाको विकास, आधारभुत र आकस्मिक स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापना, जल, जंगल, जमिन, जडिवुटि, उद्योग र पर्यटनको वैज्ञानिक व्यवस्थापन, शान्ति सुरक्षा एवं अपराधमुक्त समाजको विकास, सूचना प्रविधि मैत्री प्रशासनको विकास, स्वरोजगार उन्मुख कार्यक्रम सञ्चालन, आर्थिक असमानता निराकरण गर्ने जस्तो महत्बकाक्षि योजनाहरु रहेका छन् ।
 

नेप्से ४ अंकले सकारात्मक

बुधबार पनि सेयर बजारमा सामान्य सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर १६ सय ६२ पुगेर थामियो । कारोबार भएकामध्ये

​बिहीवार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्रा कमजोर ।। 

नेपाल राष्ट्र बैंकले बिहीवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, कतारी

सार्क मुलुकका अर्थमन्त्रीहरुको बैठक ।।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अर्थमन्त्रीहरुको बैठकले दक्षिण एसियाको आर्थिक एकीकरण र दक्षिण एसियाली आर्थिक संघ स्थापनामा विशेष

डडेल्धुरामा काफल बिक्रि शुरु, महिला तथा बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै ।।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको