पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शिक्षक हाजिर नभएको दुई महिना, पढाई अन्यौलमा ।।

 बाजुराको बुढीनन्दा प्रावि घोडाकोटमा शिक्षक हाजिर नभएको दुई महिना पुग्न लागिसकेको छ । तर बार्षिक परीक्षा सकाएर घर गएका शिक्षकहरु कोही पनि विद्यालय नफर्केको विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले बताउनु भएको छ । शिक्षक विद्यालय नफर्केपछि शिक्षक विद्यालय नफर्के पछि विद्यालय परिचरले खोल्ने र बन्द गर्ने गरेका छन् ।

विद्यालयको बार्षिक परीक्षा चैत्र ९ गते सकिएको थियो । शिक्षक नआएपछि विद्यालयको परीक्षाफल पनि विद्यालय परिचरले नै प्रकाशन गरेका थिए । विद्यालय प्रअ दामोदर प्रसाद रेग्मी गएको चैत्र ९ गतेदेखि सम्पर्कमा रहनु भएको छैन् । फोन गर्दा समेत उनले नउठाउने गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक उमेर रेग्मीले बताउनु भएको छ ।

विद्यालय व्यवस्थापन समितिले बोलाउँदा पनि सम्पर्कमा नआएको विव्यस अध्यक्ष छक्क बोहराले बताउनु भएको छ । विद्यालयमा विद्यालय परिचर सहीत ७ जना शिक्षक कार्यरत छन् । ती मध्ये प्रअ रेग्मी र शंकर जोशी स्थायी दरबन्दीका हुन् भने अम्मकला बोहरा राहत दरबन्दीमा कार्यरत छन् । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा