विवेकशिल साझा पार्टीद्धारा डडेल्धुराको संयोजकमा लवराज चटौत चयन ।।


विवेकशिल साझा पार्टीले डडेल्धुराको संयोजकमा लवराज चटौतलाई चयन गरेको छ । विवेकशिल साझा पार्टीको प्रदेश नं ७ को शुक्रवार सम्पन्न अन्र्तक्रीया कार्यक्रममा उनलाई सर्वसम्मतले चयन गरेको हो । निर्माण व्यवसायी संघ डडेल्धुराको हलमा बिहान ८ बजे सञ्चालन भएको कार्यक्रमलाई केन्द्रीय संयोजक रबीन्द्र मिश्र र प्रदेश ७ संयोजक गोपाल हमालबाट सम्बोधन भएको छ । 
राजनीतिबाटै मात्र देशको आमूल परिवर्तन सम्भव ठानेर पत्रकारिता छाडेर पार्टी खोलेका रविन्द्र मिश्र अहिले संगठन विस्तारको लागी ७ न प्रदेशमा पूग्नू भएको हो । केन्द्रिय संयोजक मिश्रले देशमा वहुदलिय प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापित भइसकेको भएता पनि देश र जनताको आर्थिक स्तरको अवस्थामा कति पनि सुधार नभएकाले नेपाली जनताको समग्र हितका लागि कल्याणकारी लोकतन्त्रवादी पार्टी विवेकशिल साझाको स्थापना भएको वताएका छन । 
केन्द्रिय संयोजक मिश्रले अव पार्टीभक्त जनतालाई स्वतन्त्र वनाएर राष्ट्रको रुपान्तरण तर्फ लाग्नु पर्नेमा जोड दिनूभएको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा