समृद्ध नगर बनाउन कृषि र पर्यटन विकासमा जोड दिइने ।।


स्थानीय सरकार गठन भएको झण्डै एक बर्ष बित्न लाग्दा डडेल्धुराको भित्रिमधेस क्षेत्रमा रहेको भौगोलिक हिसाबले मुलुककै सबैभन्दा ठुलो मानिने परशुराम नगरपालिकाले नगरभित्रका ११ वडामा सडक सञ्जाल पुगाउन सफल भएको छ । 
कुल १२ वडा रहेको परशुराम नगरपालिकाले पहिलो प्राथमिकतामा सडक निर्माणलाई राखेपपछि वडा नं. २ बाहेकका सबै वडामा सडक सञ्जालले छोएको हो । नगरपालिकाले एक वर्षको अवधिमा झण्डै ३० किलोमिटर सडकको निर्माण गरेर नगरभित्रका ११ वडामा सडक पुगाउन सफल भएको हो । 
चालु आर्थिक बर्षमा परशुराम नगरपालिकाले बिकट चुरे क्षेत्र अन्तर्गत रहेको गैरीखान सम्म सडक पुगाएको छ । महाभारत पर्वत श्रृखला अन्तर्गत रहेको बडा नं. २ को केन्द्र बसौटी सम्म सडक पुगाउने गरि दु्रत गतिमा काम भईरहेको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले बताए । 
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय