कक्षा कोठाको अभावले कार्यालयमै प्रोजेक्टरद्धारा कम्प्यूटरको अभ्यास ।।

शेर नेपाली,जेष्ठ ३०, डोटि 
डोटीको जोरायल गाउपालीका–२ छतिवनमा रहेको श्री कफल कट्टेश्वर आधारभूत विधालयमा कक्षाकोठाको अभाव भएको छ । 
कक्षाकोठाको अभावले विधीर्थीहरुलाई प्रोेजेक्टरको माध्यमवाट अध्यापन गराउन समस्या भएको कफलकट्टेश्वर आधारभूत विधालयका शिक्षक रणवहादूर जेठाराले वताएका छन् ।  पांच दशकभन्दा अगाडी नै स्थापना गरीएको उक्त विधालयमा वाल विकास र अफिस लगाएर जम्मा १० ओटा कोठाहरु छन् । 
हाल सो विधालयमा कक्षा ६, ७ र ८ लाई प्रोजेक्टरको माध्यमवाट कम्प्यूटर शिक्षा शिक्षण गराईन्छ । प्रोजेक्टरवाट शिक्षण गराउन विधार्थीहरुलाई विधालयको कार्यलयमा नै ल्याउनू पर्ने अवस्था र प्रोजेक्टरवाट पढाई गर्ने विधार्थीको संख्या वढ्दै जादा अफीसमा पनि ठाउ नपूग्ने चूनौती वढेको हो । 
गत वर्ष जिल्ला शिक्षाको १ लाख ४० हजार सहयोगवाट ३ वटा कम्प्यूर जडान गरीएको थीयो भने हाल मात्रै विधालयमा जोरायल गाउपालीको सहयोगवाट प्रोजेक्टर ल्याइएको हो । 
साथै खेल मैदान नहूदा दैनिक विधार्थीहरुलाई पिटि र अन्य आवश्यक खेलहरु पनि गर्न गराउन समस्या हूने गरेको छ । 
उक्त विधालयमा जम्मा ९ जना शिक्षक शिक्षिका र अढाई सय विधार्थी सँख्या रहेको छ । कफलकट्टेश्वर आधारभूत विधालय छतिवन डोटीको विक्रम संवत २०२० सालमा स्थापना भएको हो ।  
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय