हावाहूरीले वझाङमा विधालयको छानो उडाउदा वाह्र लाखको क्षती ।।

रेडियो अमरगढी,जेष्ठ ३० वझाङ ।।
वझाङको केदार सिउ गाउपालीका वडा न २ मा रहेको मस्टादेव प्रावी को छानो उड्दा कम्तिमा पनि वाह्रलाखको क्षती भएको छ । मंगलवार राती अविरल वर्षा संगै आएको हावाहूरीले मस्टादेव प्रावीको ४ कोठे भवनको छानो उडाएको हो । विधालयमा भएको क्षतीले विधार्थीको पढाईमा अवरोध आएको छ । राहातको लागी तत्काल गाउपालीका लाई अनूरोध गरेको तर अहिले सम्म पनि स्थानीय निकायले चासो नदेखाउदा विधालय वन्द गर्नू पर्ने अवस्था सिर्जना भएको विधालयका प्रधानाध्यापक धनलाल नेपालीले दू ख पोखे ।  साविकको गाउ विकास समिति र प्लान नेपालको करिव विस लाख लागतमा विक्रम संम्वत २०६४÷ ६५मा विधालयको स्थापना भएको थियो । 
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय