पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराको नाउली गाँउका स्थानिय आँगनमै पानि पुगेपछि हर्षित, दैनिकिमा सुधार ।।

डडेल्धुराको आलिताल गाँउपालिका–६ नाउलीका स्थानिय आँगनमै खानेपानि पुगेपछि हर्षित भएका छन । आँगनमै पानि पुगेपछि सबेरै उठि अन्य काम छोडेर भएपनि पानीको जोहो गर्नुपर्ने बाध्यता हटेको भन्दै स्थानियहरु खुसी भएका हुन । मुहानमा थोरै पानि भएका कारण यस अघि पानीका लागि दैनिक २–३ घण्टा समय बिताएर केही मात्रामा मात्रै पानि मिल्ने समस्या रहेको नाउली खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष प्रेम घर्तिले जानकारि दिनु भयो ।

ग्रामिण जलश्रोत परियोजना र आलिताल गाँउपालिका–६ को २५ लाखको आर्थिक सहयोगमा सम्पन्न नाउली खानेपानी तथा सरसफाई आयोजनाबाट ३२ घरधुरी लाभान्वित भएका छन । नाउलाको भरमा आश्रीत रहेका त्यँहाका स्थानियहरुले अब घर आँगनमै खानेपानिको ब्यवस्था भएपछि भरपुर सदुपयोग गर्ने बताएका छन ।

करिव एक वर्ष भित्र सम्पन्न भएको नाउलि खानेपानी आयोजनाबाट अहिले दैनिक एक परिवारलाई ६० देखि ७० लिटर पानि वितरण भइरहेको योजनाका सचिव खगि मगरले जानकारि दिनु भयो । पानि अभावमा पशु चौपाया नपाल्ने त्यस क्षेत्रका बासिन्दा अहिले पानी प्रसस्त भएपछि ३२ परिवारले सबैले पशु चौपाया समेत पालेको जनाइएको छ ।

पहिले आकासे पानिको भरमा तरकारि खेति गर्ने नाउलिका स्थानियहरु अहिले आफ्नो करेसाबारीमै तरकारि खेति पनि लगाउन थालेका छन । मुहानमा थोरै पानि भएका कारण ग्रामिण जलश्रोत ब्यबस्थापन परियोजनाले नाउलिमा पानी रिचार्ज विधि समेत अपनाएको डडेल्धुरा जिल्लाका जलश्रोत ईन्जिनियर धु्रब श्रेष्ठले जानकारि दिनु भएको छ ।

उहाँले मुलको पानी बढाउनका लागि बृक्षारोपण गर्ने समेत बताउनु भयो । पानि अभावमा यस अघि दिनानु दिन झै–झगडा समेत हुने गरेको थियो ।

घर आँगनमै पानीको ब्यवस्था भएपछि स्थानियबीचको सम्वन्धमा समेत सुधार आएको फिल्ड संयोजक राम दत्त जोशीले बताउनु भएको छ ।
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा