श्री बालकल्याण माध्यमिक बिद्यालयद्धारा आफ्नो ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न ।।

रेडियो अमरगढी,जेष्ठ ३० ।।
डडेल्धुराको अजयमेरु गाँउपालिका–१ स्थित श्री बालकल्याण माध्यमिक बिद्यालय पुईलेकले आफ्नो ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बिगतका बर्षहरु जस्तै यस बर्षपनि बिद्यार्थीहरुबीच हाजिरी जवाफ, हाईजम्फ, लङजम्प, दौड लगायतका बिभिन्न प्रतियोगिताको आयोजना गर्दै एक भव्य कार्यक्रमका बीच बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरीएको हो । 
बार्षिकोत्सवमा बिद्यालयको शैक्षिक, आर्थिक तथा साङ्गठनिक प्रतिबेदन बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर भण्डारीले प्रस्तुत गर्नुभएको थियो । जसमा आय, व्ययतर्फ कुल जम्मा १ करोड ४३ लाख ४२ हजार ९ सय २८ रुपैया रहेको छ । शैक्षिक सत्र २०७३ मा बिद्यालयमा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्र्थी र बिभिन्न प्रतियोगिताका बिजेता सबैलाई पुरस्कार समेत बितरण गरिएको छ ।
 

युएईबाट कुवेत पुर्‍याउन लागिएका ३२ महिलाको उद्धार ।।

भारतको बाटो भएर युएई पुगेका ३२ महिलाको उद्धार गरिएको छ । रोजगारीका लागि पुगेका नेपाली महिलासँग आवश्यक कागजात नभएपछि त्यहाँको अध्यागमनले फिर्ता

द्वन्द्व व्यवस्थापन नहुँदा आत्महत्या बढ्दै ।।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय

साउदीमा जेल परेका आफन्त फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारको आरोप ।।

जेलमा रहेका आफन्तलाई फर्काउन म्यानपावरले सहयोग नगरेको परिवारले आरोप लगायका छन । दुई वर्ष अघि एनएसओ कन्सल्ट प्रालि म्यानपावरबाट साउदी गएका कैलालीका

‘भक्तपुरमा सुरक्षा व्यवस्था कडा’

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय