डडेल्धुराको अमरगढी नगरपालीकाले अब वडास्तरमै न्याय सम्पादन गर्ने ।।

रेडियो अमरगढी,जेष्ठ ३० ।।
डडेल्धुराको अमरगढी नगरपालीकाले अब वडास्तरमै न्याय सम्पादन गर्ने भएको छ । वडा स्तरका मुद्धा न्यायिक समिति सम्म नपुगी वडा स्तरमै न्याय सम्पादन गर्नका लागि वडास्तरका जनप्रतिनिधि सहित मेलमिलाप केन्द्रका प्रतिनिधिलाई प्रशिक्षित गराईन थालिएको छ । 
मेलमिलापको विधिवाट वडा स्तरमै रहेका मेलमिलाप केन्द्रबाट गाउँस्तरमा हुने गरेका विवादलाई गाउँस्तरमै निराकरण गर्ने उद्देश्यले अमरगढी नगरपालीकाद्धारा ४८ घण्टे सामुदायिक मेलमिलाप प्रशिक्षण दिइएको छ । प्रशिक्षणको समापन गर्दै अमरगढी नगरपालीकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझाले तालिमका सहभागीहरुलाई आफ्नो वडाको न्यायाधिश आफै भएकाले दुवै पक्षको विजयी हुने गरी मेलमिलाप गराउनु पर्नेमा जोड दिनु भयो । 
सोही कार्यक्रमलाई सम्वोधन गर्दै अमरगढी नगरपालीका उप–प्रमुख संगिता भण्डारीले  नगरपालीका भित्रका विवादलाई अब वडास्तरमै समाधान गर्नका लागि सहज हुने बताउनु भएको थियो । 
अमरगढी नगरपालीका डडेल्धुराको आयोजनामा सञ्चालित सामुदायिक मेलमिलाप प्रशिक्षणमा अमरगढी नगरपालीकाका ११ वटै वडाका मेलमिलापकेन्द्रका प्रतिनिधि, न्यायिक समितिका प्रतिनिधि र कार्यपालिकाका सदस्य गरि ४४ जनाको सहभागिता रहेको थियो । 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा