डडेल्धुुरामा विपद् व्यवस्थापन सम्बन्धि पूर्वतयारी अभ्यास ।।

डडेल्धुरामा प्राकृतिक विपद् व्यवस्थापन बारे पूर्वतयारी अभ्यास गरिएको छ । मंगलबार जिल्ला सदरमुकामको बस पार्कमा नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा विपद् व्यवस्थापन बारे पूर्वतयारी अभ्यास गरिएको हो । 
वर्षायाम सुरु हुन अघि जिल्लामा घट्न सक्ने प्राकृतिक विपद्का घटनालाई मध्यनजर गरी पूर्वतयारी अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् । 
समुदायमा जनचेतना जगाउने तथा विपद्का बेला कसरी जोगिने भन्ने उद्देश्यले पूर्वतयारी गरेको हो । प्राकृतिक विपद आउँदा जिल्लास्थित विपद् व्यवस्थापन समितिले के कसरी काम गर्दछ यसको बारेमा अभ्यास गरिको थियो ।
विपद्का बेला जिल्लास्थित विपद्सँग सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले के कसरी काम गर्ने र के–के गर्ने बारेमा मंगलबार अभ्यास गरी प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन् । 
यसैबीच कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ५ मा रहेको दोदा नदिमा मंगलबार विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गरिएको छ । समुदाय स्तरीय विपद् व्यवस्थापन समिति, एन.एन.एस.डब्लु र डि.सी.ए.को आर्थिक सहयोग र बेलौरी नगरपालिकाको आयोजनामा गरिएको उक्त अभ्यासका क्रममा बाढी आएका बेला जोखिममा रहेका मानिसहरुको उद्दार कसरी गर्ने भन्ने सम्बन्धी कार्य गरिएको हो । 
विपद् व्यवस्थापनमा आवश्यक सम्पूर्ण सामग्रीहरु तथा प्राथमिक उपचारको समेत व्यवस्था गरिएको छ । समुदायमा आधारित दिगो खाद्य सुरक्षा, जिवीकोपार्जन र उत्थानशिलका लागि प्रकोप जोखीम न्युनिकरण कार्यक्रमका परियोजना प्रमुख राजकुमार सुनारले यस अभ्यास कार्यक्रमबाट भविष्यमा हुनसक्ने विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा