पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुराका बिभिन्न २३ प्रहरी युनिटमा आज देखि ४ सय ११ जना म्यादी प्रहरी पनि ।।

डडेल्धुरा स्थानिय निकायको चुनाव एक महिना पछि सरेको प्रदेश नं सातको डडेल्धुरामा आईतबार म्यादि प्रहरीलाई गाँउ–गाँउमा पठाईएको छ । आसन्न स्थानिय निकायको चुनावलाई लक्षित गरि भर्ना गरिएको म्यादि प्रहरीलाई चुनावको एक महिना बाँकी रहदा विभिन्न प्रहरी युनिटहरुमा पठाईएको हो ।

प्रशासन, प्रहरी कार्यालय र कारागार बाहेक डडेल्धुरामा रहेका अन्य २३ वटा युनिटहरुमा ४ सय ११ जना म्यादी प्रहरीलाई पठाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुई वटा नगरपालिका र पाँच वटा गाँउपालिका रहेको डडेल्धुरामा नरपालिका र गाँउपालिकामा रहेका प्रहरी युनिटहरुमा म्यादि प्रहरीलाई पठाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले बताउनु भएको छ ।

स्थानिय निकायको निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै डडेल्धुरामा ४ सय ११ जना म्यादी प्रहरीको भर्ना लिईएको थियो । 
 

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा