पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन -
२०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको संक्रमण देखियो । पूर्वी तराईको भ्रमणबाट फर्केका उनलाई लामखुट्टेले टोकेको अनुमान गर्न सकिन्छ । 
लामखुट्टे सामान्यतया मनसुन लगतै देखिने गरेता पनि नेपालको खासगरी तराईतिर लगभग बाह्रै महिना देखिने गर्छ । नेपालमा वर्षेनी लामखुट्टेको टोकाईबाट डेंगुको प्रकोप देखिने, वेस्टनाईल भाइरस देखा परिसकेको अवस्था छ । चिकनगुनिया बढ्दो क्रममा देखिंदै गएको र जिका भाइरसको सम्भावना अति प्रबल (जाँच नियमित नहुने भएकोले आधारभूत स्थिति थाहा नभएको) भएकोले कस्ता व्यक्ति बढी जोखिममा हुन्छन् र त्यस्ता व्यक्तिले लामखुट्टेको टोकाईबाट बच्ने सावधानीहरु अपनाय लामखुट्टेबाट सर्ने रोगहरुबाट बच्न सकिन्छ । 
अमेरिकन लामखुट्टे नियन्त्रण संघ, बिभिन्न स्वास्थ तथा कीटजन्य अनुसन्धान जर्नलहरुमा प्रकाशित लेखहरूका अनुसार यी मानिसहरुप्रति लामखुट्टे बढी आकर्षित हुने गर्छन् ।
१. ओ (o) ब्लड ग्रुप भएको मानिसप्रति बढी आकर्षित हुन्छन् । चाखलाग्दो कुरा त, हाम्रो शरीरबाट हरेक ब्लड ग्रुरुप को छुट्टाछुटै तरंग निकाल्ने गर्दछ ।
२. कार्बोनडाईअक्साइड बढी निकाल्ने व्यक्तिप्रति लामखुट्टे बढी आकर्षित हुन्छन् । बढी मात्रामा बयस्क तथा गर्भवती महिलाबाट कार्बोनडाईअक्साइड निक्लने भएकोले बच्चाहरु भन्दा ती वर्गका मानिसहरुलाई बढी लामखुट्टेले टोक्ने गर्दछ । 
३. बढी पसिना निकल्ने वा निकाल्ने व्यक्तिलाई लामखुट्टे बढी टोक्ने गर्छ । ल्याक्टित एसिड, युरिक एसिड, एमोनिया जस्ता रसायनहरु पसिनामा हुने भएकोले लामखुट्टे बढी आकर्षित हुने गरेको हो ।
४. छालामा कोलेस्ट्रोल बढी भएमा लामखुट्टेले बढी टोक्ने गर्छ । छालामा कोलेस्ट्रोल हुने भन्नाले शरीरमा बढी भएर भएको नभई शरीरले बढी कोलेस्ट्रोल प्रोसेसिङ्ग गर्दा छालामा रहन गएको हो । 
५. जाँडरक्सी खाने मानिसमा पनि लामखुट्टे आकर्षित हुने गरेको छ ।
कारणहरु जे भएता पनि लामखुट्टेको लागि उपयुक्त हुने वातावरण नै हामीले सिर्जना नगरी दिए लामखुट्टेजन्य ईमर्जिंग सरुवा रोगबाट बच्न सकिनेमा भने दुइ मत छैन । 
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली

सरकारको अपरिपक्व कार्यशैली

लेखनाथ पौडेल - राज्यका निकायहरुमध्ये कार्यपालिका नागरिकको जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएको हुन्छ । नागरिकको जीउधनको सुरक्षा, देशमा शान्ति